logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले गरे शपथ ग्रहण, ३८ वर्ष सरकारी सेवाको अनुभव

    प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले गरे शपथ ग्रहण, ३८ वर्ष सरकारी सेवाको अनुभव

    689
    SHARES
    प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले गरे शपथ ग्रहण, ३८ वर्ष सरकारी सेवाको अनुभव

    काठमाण्डौ । प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग कार्कीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथग्रहणपछि कार्कीले बैंक सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गर्दै नयाँ जिम्मेवारी सम्हालेका हुन् ।



     

    नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना, डेपुटी गभर्नर बम बहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावल, प्रभु बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । मिति २०८१ असोज २९ गते सम्पन्न प्रभु बैंकको तेईसौं वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहका सेयरधनी प्रतिनिधिका रूपमा सञ्चालकमा निर्वाचित भएका कार्की २०८२ असार १९ गते बसेको सञ्चालक समितिको ३८०औं बैठकबाट अध्यक्ष पदका लागि चयन भएका थिए ।

     

    त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर गरेका कार्कीले लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयका सहसचिवका रूपमा सेवा गरेका छन् । त्यस्तै निजामति किताबखाना, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकका रूपमा काम गरेको अनुभवसमेत उनको छ ।

     

    नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद, कृषि अनुसन्धान कोष लगायतका संस्थामा सञ्चालक समिति सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालेका कार्कीले ३८ वर्षभन्दा बढी सरकारी सेवामा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको बैंकले जनाएको छ । प्रभु बैंकले अध्यक्ष कार्कीको सबल नेतृत्वबाट बैंकको व्यापार विस्तार र अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा अभिवृद्धिमा थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट