logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

    सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

    1.3K
    SHARES
    सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

    काठमाण्डौ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ । यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।



     

    बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो ।

     

    मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदै छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३२ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट