logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    780
    SHARES
    दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणमा बिक्री खुला गरेको आईपीओ भर्ने आज साउन १९ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।



     

    जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ।

     

    अब कम्पनीले बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी बसेको २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको हो।

     

    यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि दिनुपर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। यसमा आज साँझ ५ बजेसम्म मात्रै आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

     

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।


    अर्थ चाैतारी
  • सोमबार, १९ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट