logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • साउन २९ गतेदेखि ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासनमा आउँदै

    साउन २९ गतेदेखि ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासनमा आउँदै

    1K
    SHARES
    साउन २९ गतेदेखि ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासनमा आउँदै

    काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले यही साउन २९ गतेदेखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गर्ने भएको छ।



     

    यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले गत असार ३ गते अनुमति दिएको थियो।

     

    जसमध्ये १ करोड ५० लाख इकाई योजना व्यवस्थापक रहेको एनआईसी एशिया क्यापिटललाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बेच्न लागेको हो।

     

    यसमा आवेदन दिंदा कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा भदौ २ गते हुनेछ तर पर्याप्त आवेदन नपरेमा भदौ १२ गते निष्कासन बन्द गरिनेछ।

     

    यस अवधिसम्म कम्तीमा ५० करोड इकाईका लागि आवेदन परेमा मात्रै इकाई बाँडफाँड हुनेछ तर आवेदन नपरेमा योजना नै खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ।

     

    यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।


    अर्थ चाैतारी
  • बुधबार, २१ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट