logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ग्लोबल आइएमई लघुवित्तको प्रगति: खुद नाफा र ईपीएस दोब्बरले वृद्धि, लाभांश क्षमता १७ करोड माथि

    ग्लोबल आइएमई लघुवित्तको प्रगति: खुद नाफा र ईपीएस दोब्बरले वृद्धि, लाभांश क्षमता १७ करोड माथि

    1.1K
    SHARES
    ग्लोबल आइएमई लघुवित्तको प्रगति: खुद नाफा र ईपीएस दोब्बरले वृद्धि, लाभांश क्षमता १७ करोड माथि

    काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा खुद नाफा १२१.९१ प्रतिशतले वृद्धि गर्दै २३ करोड ५८ लाख रुपैयाँमा पुर्‍याएको छ। अघिल्लो वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी भएको यो प्रगति कम्पनीको लागि ठूलो सफलता हो।



     

    खुद ब्याज आम्दानी ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ७० करोड ४४ लाख रुपैयाँबाट ८४ करोड ४९ लाख रुपैयाँमा वृद्धि भएको छ।

     

    सञ्चालन नाफा १८ करोड ३८ लाख रुपैयाँबाट ३३ करोड ७९ लाख रुपैयाँ पुगेको छ, जुन ८३.८५ प्रतिशतले बढेको हो।

     

    प्रतिशेयर आम्दानी (ईपीएस) १७.१६ रुपैयाँबाट ३८.११ रुपैयाँ पुगेको छ। खराब कर्जा दर ४.०७ प्रतिशतबाट ३.६२ प्रतिशतमा सुधार भएको छ।

     

    कम्पनीको प्रतिशेयर नेटवर्थ २१५.३५ रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) १७ करोड १७ लाख रुपैयाँ रहेको छ।

     

    चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकले ९ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन ३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २५ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट