logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सर्वसाधारणका लागि माबिलुङ इनर्जीको आईपीओमा आवेदन खुला

    सर्वसाधारणका लागि माबिलुङ इनर्जीको आईपीओमा आवेदन खुला

    624
    SHARES
    सर्वसाधारणका लागि माबिलुङ इनर्जीको आईपीओमा आवेदन खुला

    काठमाण्डौ । माबिलुङ इनर्जीको आईपीओ आवेदन सोमबारबाट खुला भएको छ । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दिइएको सेयर बाँडफाँट सम्पन्न भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला भएको हो ।



     

    कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसको मूल्य १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबर छ। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको थियो भने १ लाख ५० हजार ४७१ कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।

     

    सोमबारबाट सर्वसाधारणका लागि दोस्रो चरणमा १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्काशन खुला भएको छ । यसमध्ये ३० हजार ९५ कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

     

    आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि, सो समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ ९ गतेसम्म अवधि थपिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, २६ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट