logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतले सुदर्शन चक्र मिशन चलाउने, देशको सुरक्षा बलियो पार्ने लक्ष्य

    भारतले सुदर्शन चक्र मिशन चलाउने, देशको सुरक्षा बलियो पार्ने लक्ष्य

    1.1K
    SHARES
    भारतले सुदर्शन चक्र मिशन चलाउने, देशको सुरक्षा बलियो पार्ने लक्ष्य

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुदर्शन चक्र मिशन नामक रक्षा पहल थाल्ने घोषणा गरेका छन् । गत साता भारतको स्वतन्त्रता दिवसको अवसरमा मोदीले यस सुदर्शन चक्रबाट आतंकवादी आक्रमण रोक्ने मात्र नभई आतंकवादीलाई प्रहार गर्न पनि सकिने बताएका छन् । भारतको सैन्य, गैरसैन्य र धार्मिक स्थानहरूलाई शत्रुको सम्भावित आक्रमणबाट यसले जोगाउने बताइएको छ । यस परियोजना अन्तर्गत नयाँ हतियार विकसित गर्ने र भारतको स्वदेशी रक्षा क्षमता विस्तार गर्ने लक्ष्य पनि लिइएको छ ।



     

    द्वापर युगमा भगवान् श्रीकृष्णले सुदर्शन चक्र चलाएर उत्तराका गर्भमा रहेका परीक्षितलाई अश्वत्थामाको अस्त्रबाट बचाएको उदाहरण दिँदै मोदीले यस शक्तिशाली हतियारले आतंकवादी आक्रमण रोक्ने मात्र नभई आतंकवादीलाई नै सिध्याउने पनि बताए । आगामी १० वर्षभित्रमा यस राष्ट्रिय सुरक्षा कवचलाई विस्तार, सुदृढीकरण र आधुनिकीकरण गर्ने उनको भनाइ छ ।

     

    यसको अनुसन्धान, विकास र उत्पादन भारतमै गरिने उनले बताए । यस मिशनले इजरायलको आइरन डोम जस्तो किसिमको कवच भारतलाई उपलब्ध गराउने उनी बताउँछन् । यो हतियार भारतका विभिन्न स्थानमा तैनाथ गरिनेछ । मोदीका अनुसार, सुदर्शन चक्रले शत्रुमाथि निगरानी, शत्रुको क्षेप्यास्त्रलाई बाटैमा रोक्ने र शत्रुविरुद्ध प्रत्याक्रमण सबै काम गर्नेछ । स्थल, जल र समुद्र तीनै ठाउँबाट आउने जोखिमलाई यसले सामना गर्नेछ ।

     

    यस प्रविधिबाट सबै भारतीय नागरिकले सुरक्षित अनुभव गर्ने मोदीको भनाइ छ । करिब तीन महिनाअघि भारतीय वायुसेनाले पाकिस्तानको क्षेप्यास्त्र आक्रमण रोक्नका लागि रुसमा बनेको एस–४०० क्षेप्यास्त्रनिरोधी प्रणाली उपयोग गरेको थियो । भारतीय सेनाले त्यसलाई पनि सुदर्शन चक्र भन्ने गरेको छ । अपरेशन सिन्दूरपछि पाकिस्तानले भारतको उत्तरी र पश्चिमी क्षेत्रमा रहेका सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको थियो । भारतले त्यसलाई रोकेर लाहोर नजिक रहेको पाकिस्तानी वायु रक्षा प्रणालीलाई तारो बनाएको थियो ।

     

    भारतले प्रोजेक्ट कुशमा पनि काम गरिरहेको छ । डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशनले भारत इलेक्ट्रोनिक्स लिमिटेडसँग मिलेर यो लामो दूरीको जमिबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली विकसित गरेको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट