logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नेपाल बैंकमा आबद्धले ओम अध्याय रिट्रिटको सेवामा छुट पाउने

    नेपाल बैंकमा आबद्धले ओम अध्याय रिट्रिटको सेवामा छुट पाउने

    676
    SHARES
    नेपाल बैंकमा आबद्धले ओम अध्याय रिट्रिटको सेवामा छुट पाउने

    काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिटबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहा नगरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिटले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।



    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई ओम अध्याय रिट्रिटले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

     

    सम्झौतापत्रमा भदौ २ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लिको तर्फबाट निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरे ।


    अर्थ चौतारी
  • मंगलबार, ३ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट