logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सञ्चालनमा आयो हेटौँडा–काठमाण्डौ त्रिभुवन राजपथ

    सञ्चालनमा आयो हेटौँडा–काठमाण्डौ त्रिभुवन राजपथ

    949
    SHARES
    सञ्चालनमा आयो हेटौँडा–काठमाण्डौ त्रिभुवन राजपथ

    काठमाण्डौ । हेटौँडा– काठमाण्डौ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।



    सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

    यता हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ । सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।


    अर्थ चौतारी
  • शनिबार, ७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट