आज सोमबार, ९ भदौ २०८२ (२५ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: शुभकार्यको चर्चा चल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। साँझतिर मन हलुका महसुस हुनेछ। प्रेमीसँग मधुर मिलन होला। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने, तामसिक भोजन नगर्ने।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।
वृष: विवादका कारण घाटा बेहोर्नु पर्नेछ। महत्त्वहीन र बेकारका काममा समय बित्न सक्छ। योजना बनाएर मात्र काममा होमिनु राम्रो हुन्छ। धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने, झुट नबोल्ने।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।
मिथुन: भ्रमणको योजना बन्नेछ। आजको भेटघाटले जीवनमा नयाँ रङ ल्याउन सक्छ। ज्ञानगुनका कुरा सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। पुनर्मिलनको योग छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने, भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।
कर्कट: कसैलाई क्षमा गर्नु आजको सबैभन्दा ठूलो जित हुनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ। घरपरिवारका सदस्यबाट सहयोग नै होला। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने, उत्तर दिशा नजाने।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
सिंह: बोल्ने शैली विकास भएर जानेछ। तपाईँको प्रस्तुति गज्जब रहनेछ। लामो समयदेखि रोकिएको काम फत्ते होला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारमा ख्याल गर्नुहोला। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने, भरिसक्के लामो यात्रा नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।
कन्या: सानो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ। आजको मन्त्र- ‘शब्दले मात्र होइन, विचारले पनि सशक्त बन।’ यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने, कालो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।
तुला: तपाईँको सुन्दरताको चर्चा हुनेछ। रोकिएका अधुरा काम पूरा हुनेछन्। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने, निलो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।
वृश्चिक: आँटे-ताकेको पूरा हुनेछ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइनेछ। आजको मन्त्र- कर्मशीलता नै सबैभन्दा ठूलो पुँजी हो। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने, सजिलै अरूको विश्वास नगर्ने।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ।
धनु: प्रेममा दर्शन वा वैचारिक कुराकानीबाट सम्बन्ध बलियो बन्न सक्छ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने, छलकपट नगर्ने।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
मकर: राम्रो नतिजा हात पार्न दोहोर्याएर काम गर्नु पर्छ। शरीर भारी र मन अस्थिर रहने संकेत छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। यात्रामा मालसामान हराउन सक्छ। एलर्जी वा चिसोले स्वास्थ्यमा असर गर्न सक्छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने, छलकपट नगर्ने।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।
कुम्भ: अचानकको निर्णयबाट गरिएको यात्रा रोमाञ्चक हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने, सजिलै अरूको विश्वास नगर्ने।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।
मीन: मनोरञ्जनमा सहभागी भइएला। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। उच्च शिक्षाका लागि विदेश जान चाहनेहरूका लागि कार्यप्रारम्भ गर्न उपयुक्त दिन छ। रिसराग नियन्त्रण गर्न जरूरी छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने, खैरो रङको प्रयोग नगर्ने।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।