logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • गंगा हेल्थ केयर इन्डष्ट्रिजले सर्वसाधारण सेयर निष्काशन गर्ने

    गंगा हेल्थ केयर इन्डष्ट्रिजले सर्वसाधारण सेयर निष्काशन गर्ने

    1.1K
    SHARES
    गंगा हेल्थ केयर इन्डष्ट्रिजले सर्वसाधारण सेयर निष्काशन गर्ने

    काठमाण्डौ । साना तथा मझौला कम्पनी गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” अनुसार कम्पनीले आईपीओ प्रक्रिया अघि बढाएको हो।



     

    यस प्रयोजनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा गंगा हेल्थ केयर इन्डष्ट्रिजका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

    कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट