logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    728
    SHARES
    एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ खुला गर्न लागेको हो।



     

     

    कम्पनीले १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये २ लाख ६१ हजार ६२९ कित्ता शेयर चितवन जिल्लाको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दाका लागि खुला हुनेछ भने ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसका साथै कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरिएको छ।

     

     

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा असोज १ गतेदेखि ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।

     

     

    आईपीओ निष्काशनको लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।


    अर्थ चौतारी
  • आइतबार, २२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट