काठमाण्डौ। जेनजीको आन्दोलनले समस्या निम्त्याएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात र ढुवानीको सवारी नचलाउने भएका छन् । आज एक विज्ञप्ति निकालेर गाडी नचलाउन अनुरोध गरेको हो ।
जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारबाट भएको प्रत्यक्ष दमनका कारण देशभर घाइते र १९ जनाको प्रहरी प्रशासनको गोली लागी मृत्यु भएको घटना प्रति यस महासंघले दुःख व्यक्त पनि गरेको छ ।
अतः दुखद घटनाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ । नेपाल सरकारबाट विभिन्न स्थानमा कर्फ्यु आदेश भएको हुँदा उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधनहरू सञ्चालन गर्न असहज परिस्थिति सृजना भएको छ ।
अर्थ चौतारी ।