काठमाण्डौ। नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलवार फेसबुकमा लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
सोमबार विद्यार्थी राजनीतिको शिर ढलेको दिन विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन’, ‘तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।
अर्थ चौतारी ।