काठमाण्डौ। आक्रोशित प्रदर्शनकारीहरूले आज राजधानीको सर्वोच्च अदालत परिसरमा आगो लगाएका छन्।
जेन जी आन्दोलनका सहभागीहरूले अदालत परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि राजधानीका अन्य संवैधानिक कार्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरिसकेका छन्।
घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।
अर्थ चौतारी ।