काठमाण्डौ। जेनजी प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म आन्तरिक उडानका लागि बन्द हुने भएको छ। मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो।
आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी माग्दै टिकट लिएर यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता गरिने जनाएको छ।
वायुसेवा सञ्चालक सङ्घले पनि विषम परिस्थितिमा आम जनतालाई सेवा दिन तत्परता जनाएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीले दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरे, साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सङ्घले उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ वा मन्त्रीलाई उडान सेवा दिइएको नभएको समेत स्पष्ट पारेको छ।
अर्थ चौतारी ।