logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आज देशका अधिकांश भागमा बदली हुने

    आज देशका अधिकांश भागमा बदली हुने

    1.5K
    SHARES
    आज देशका अधिकांश भागमा बदली हुने

    काठमाण्डौ। हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ ।



    आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुने छ, भने राति देशभर साधारणतया बदली रहनेछ ।

    महाशाखाका अनुसार कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।


    अर्थ चौतारी
  • बुधबार, २५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट