logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

    नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

    1.9K
    SHARES
    नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

    काठमाण्डौ। अन्तरिम सरकार गठनका लागि आज जंगीअड्डामा निर्णायक छलफल हुने भएको छ। नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिबीच वार्ता तय भएको हो।



    जेनजी युवाले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका छन्, र आजको छलफलले त्यसलाई औपचारिकता दिने अपेक्षा गरिएको छ।

    सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देल समेत सहभागी छलफल विहीबार बिहानदेखि जारी छ र आज नै निकास दिने विश्वास गरिएको छ।

    भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रियामा कार्कीको नाम अघि बढाइएको हो।

    जेनजीको प्रस्तावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङलगायतले समर्थन गरेका छन्। व्यवसायी दुर्गा प्रसाईंले पनि “देशलाई निकास दिने नेतृत्व स्वीकार्य हुने” प्रतिक्रिया दिएका छन्।

    पूर्वप्रधानन्यायाधीश कार्कीले पनि आफूलाई नेतृत्व गर्ने प्रस्ताव आएको र स्वीकार गर्ने तयारी रहेको जनाइसकेकी छन्।


    अर्थ चौतारी
  • विहिबार, २६ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट