काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा मंगलबार बैंक तथा वित्तीय संस्थामा आक्रमण र तोडफोड भए पनि सर्वसाधारणको पैसा सुरक्षित रहेको छ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार केही शाखा कार्यालयमा तोडफोड र आगजनी भए पनि ढुकुटीमा राखिएको नगद लुटपाट गर्ने गतिविधि भएको छैन। नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा लुटपाट प्रयास भए पनि नेपाली सेनाको उपस्थितिका कारण नगद वा मानवीय क्षति हुन पाएन।
कतिपय एटीएम मेसिन तोडफोड भए पनि नगद निकाल्न नसकिएको र त्यसैले नगद क्षति नभएको संघको दाबी छ। ‘हालसम्म नगद नै क्षति भएको भन्ने आएको छैन, कार्यालयका झ्यालढोका र फर्निचर भने तोडफोड भएका छन्,’ कोइरालाले बताए।
डेभलपमेन्ट बैंकर्स संघका कोषाध्यक्ष कपिल ढकालले पनि आन्दोलनकारीहरूको उद्देश्य बैंक आक्रमण नभएकाले नगद वा मानवीय क्षति नभएको निष्कर्ष सुनाए।
यद्यपि, मंगलबारको आन्दोलनका क्रममा सिंहदरबारसहितका सरकारी कार्यालय, केही उद्योग तथा उद्योगीका निवासमा आगजनी र तोडफोड भएको उल्लेख गरिएको छ।file image
अर्थ चौतारी ।