logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • देशको प्रतिकुल परिस्थितिप्रति नेपाल बीमक संघ दुखित, क्षतिको जानकारी दिन बीमितलाई आग्रह

    देशको प्रतिकुल परिस्थितिप्रति नेपाल बीमक संघ दुखित, क्षतिको जानकारी दिन बीमितलाई आग्रह

    1.9K
    SHARES
    देशको प्रतिकुल परिस्थितिप्रति नेपाल बीमक संघ दुखित, क्षतिको जानकारी दिन बीमितलाई आग्रह

    काठमाण्डौ। जेनजी आन्दोलनले भएको क्षतिप्रति नेपाल बीमक संघले गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण एवंम् घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । हाल देशभर घटेको प्रतिकुल परिस्थितिको कारणले भएको मानविय क्षति लगायत व्यक्तिगत तथा सार्वजनिक धन सम्पत्तिको क्षति प्रति संघले गहिरो दुःख व्यक्त गरेको हो ।



     

    साथै यसै असहज परिस्थितिको कारणले सिर्जित क्षतिको जानकारी गर्नको लागि सम्पूर्ण बीमित तथा ग्राहकहरुलाई आ आफ्नो सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग गर्न समेत आग्रह गरेको छ ।

     

    साथै केही संचार माध्यममा सम्प्रेण गरिएका समाचारहरु प्रति ध्यानाकर्षण भएको र बीमा कम्पनीहरु बीमा दाबी व्यवस्थापन गर्न प्रतिवद्ध एवं सक्षम रहेको समेत संघको भनाई छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट