logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सचिवहरूको बैठकमा मुख्यसचिव अर्यालले भनेः शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनुहुन्छ, तयारी गर्नू

    सचिवहरूको बैठकमा मुख्यसचिव अर्यालले भनेः शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनुहुन्छ, तयारी गर्नू

    1.9K
    SHARES
    सचिवहरूको बैठकमा मुख्यसचिव अर्यालले भनेः शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनुहुन्छ, तयारी गर्नू

    काठमाण्डौ। बुधबार र बिहान दुई दिन नै सचिवहरू र मुख्य सचिव एकनारायण अर्यालबीच भर्च्युअल बैठक भएको छ। बिहीबार अपराह्न भएको भर्च्युअल बैठकमा मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार वा ढिलोमा शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनसक्ने संकेत गरेको एक सहभागीले जानकारी दिए। ती सहभागी सचिवका अनुसार मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरूका लागि ठाउँ सफा गरेर राख्न सचिवहरूलाई निर्देशन दिएका थिए।



     

    बिहीबार दिउँसो २ बजेदेखि ४ बजेर १५ मिनेटसम्म भएको भर्च्युअल बैठकमा मन्त्रालय र मातहतका कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक विवरण सचिवहरूले दिएका थिए। मुख्यसचिवले मन्त्रालयका कोठाहरू सफा गरेर बस्न योग्य बनाउन र टेण्ट टाँगेर भए पनि तयारी अवस्थामा रहन सचिवहरूलाई सूचित गरेका थिए। सवारी साधनहरुका विषयमा पनि छलफल भएको एक सचिवले बताए।

     

    राष्ट्रिय योजना आयोगका सचिव सुमन अर्यालले योजना आयोगमा मन्त्रीहरूका लागि कोठाहरू उपालब्ध भएको जानकारी बैठकमा गराएका थिए । योजना आयोगमा उपाध्यक्ष र सदस्यहरू नभएका कारण मन्त्रीहरूलाई पदभार त्यही गराउन सकिने उपाय सचिव अर्यालले बैठकमा राखेका थिए।

     


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट