logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • सुशिला कार्की इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्न सफल, संसद विघटन हुने

    सुशिला कार्की इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्न सफल, संसद विघटन हुने

    1.7K
    SHARES
    सुशिला कार्की इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्न सफल, संसद विघटन हुने

    काठमाण्डौ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । पहिलो महिला प्रधानन्याधीस भएर इतिहास रचेकी कार्कीले पहिलो महिला प्रधानमन्त्री भएर अर्को इतिहास रचेकी छिन् ।



     

    राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ। पहिलो बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्नेछन् ।

     

    मन्त्री हुनेहरुको नाम भने सार्वजनिक भइसकेको छैन । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो ।

     

    यसअघि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए ।


    अर्थ चौतारी
  • शुक्रबार, २७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट