काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आजदेखि निष्काशन गर्ने भनिएको आईपीओ स्थगित गरेको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको थियो ।
कम्पनीले हाल देशमा उत्पन्न विषम परिस्थितीका कारण उक्त आईपीओ निष्कासन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु.१०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।