काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा खरिद आवेदन दिने समय थप गरिएको छ । संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने म्याद असोज २ गतेसम्मका लागि लम्बाएको हो ।
यसअघि उक्त शेयर खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । उक्त शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैया तोकिएको छ ।