logo

२०८२ भदाै ३१, मंगलबार

logo
  • २०८२ भदाै ३१, मंगलबार
  • एक महिनामा १७७ अर्ब रेमिट्यान्स भित्रियो

    एक महिनामा १७७ अर्ब रेमिट्यान्स भित्रियो

    156
    SHARES
    एक महिनामा १७७ अर्ब रेमिट्यान्स भित्रियो

    काठमाण्डौ । एक महिनामा १ खर्ब ७७ अर्ब ४१ करोड रेसिमट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १३६ अर्ब ६० करोड रहेको थियो ।



     

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड रहेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ ।

     

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो ।


    अर्थ चाैतारी
  • २०८२ भदाै ३१, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट