काठमाण्डौ । जेनजी प्रदर्शनमा काठमाण्डौको महाराजगञ्ज क्षेत्रमा भेटिएको भन्दै ३ जना व्यक्तिले १५ केजी चाँदीको सिक्का प्रहरीलाई बुझाएका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर–३ महाराजगञ्ज बस्ने विकाश गुरुङ सहितका ३ जनाले सशस्त्र प्रहरीलाई चाँदी बुझाएका हुन् ।
सशस्त्र प्रहरीले उक्त चाँदी जिल्ला प्रहरी परिसर काठमाण्डौमा पठाएको छ । सशस्त्र प्रहरीले चाँदीको सिक्का आफूहरूलाई बुझाएको जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी अपिल बोहराले बताए । उनले भने, ‘त्यसमा थप केही छ कि भनेर हामी अनुसन्धान गर्दैछौँ ।’