logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • बडादशैं २०८२: टीका, असोज १६ गते बिहान ११ः५३ बजे

    बडादशैं २०८२: टीका, असोज १६ गते बिहान ११ः५३ बजे

    1.5K
    SHARES
    बडादशैं २०८२: टीका, असोज १६ गते बिहान ११ः५३ बजे

    काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैं २०८२ को टीका र अन्य मुख्य कार्यक्रमको साइत सार्वजनिक गरेको छ। समितिको अनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ।



     

    त्यसैगरी, विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत तोकिएको छ। टीका लगाउँदा पूर्व दिशातर्फ फर्किनुपर्ने परम्परा अनुसार यस वर्ष पनि यही अनुसार टिका लगाउने सल्लाह दिइएको छ।

     

    बडादशैं अर्थात दुर्गा पक्षको शुरुवात यस वर्ष असोज ६ गते सोमबारबाट हुने छ। यस दिन, जसलाई नवरात्रारम्भ पनि भनिन्छ, बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना गर्ने उत्तम साइत रहेको समितिले जनाएको छ।

     

    त्यसैगरी, असोज ११ गते शनिबार श्रीपचलीभैरवको यात्रा आयोजना हुनेछ भने असोज १३ गते सोमबार बिहान ७ः१७ बजे फूलपाती र श्री तुलजाभवानी यात्रा तोकिएको छ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट