logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आज शोक दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

    आज शोक दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

    1.2K
    SHARES
    आज शोक दिवस, सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाण्डौ । आज देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । पूर्वन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आज असोज १ गते बुधबार शोक दिवस मनाउने निर्णय गरेको हो । आज सरकारी कार्यालय, विद्यालय, बैंक, बीमा कम्पनी तथा शेयर बजार बन्द रहनेछन् ।



    आज जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको स्मृतिमा शोक दिवस मनाउने निर्णय गरेको हो। गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार बुधबार असोज १ शोक दिवस मनाउने र त्यस दिन सार्वजनिक बिदासमेत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

     

    आन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय झन्डा ओड्याउने निर्णयसमेत गरेको छ। जेनजी आन्दोलनका क्रममा देशभर ७३ जनाले ज्यान गुमाएका छन्।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट