काठमाण्डौ । सर्वोच्च अदालतको अल्पकालीन आदेशलाई आधार बनाउँदै नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा कार्यालयमा हाजिर भएका छन्।
ओझाले मंगलबार अपरान्ह ४ बजेपछि उनी प्राधिकरणको पाँचाैं तल्लामा रहेको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हाजिर गरेका हुन्। अब उनी अदालतको अल्पकालीन आदेशकै भरमा नियमितरूपमा कार्यालय उपस्थित हुने भएका छन्।
मन्त्रीपरिषदले आफूलाई पदमुक्त गर्न गरेको निर्णय खारेजी र पुनर्बहालीको माग गर्दै उनले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गर्दै मन्त्री परिषदको निर्णयहरू कार्यान्वयन नगरी यथाअवस्थामा राख्न भदाै २३ गते अल्पकालीन आदेश दिएको थियो।
अर्थ चौतारी ।