logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • अध्यक्षका लागि खडा गरिएको कार्यकक्ष आफैँ प्रयोग गर्न विद्युत प्राधिकरणलाई निर्देशन

    अध्यक्षका लागि खडा गरिएको कार्यकक्ष आफैँ प्रयोग गर्न विद्युत प्राधिकरणलाई निर्देशन

    1.4K
    SHARES
    अध्यक्षका लागि खडा गरिएको कार्यकक्ष आफैँ प्रयोग गर्न विद्युत प्राधिकरणलाई निर्देशन

    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणमा सञ्चालक समितिका अध्यक्षलाई छुट्टै खडा गरिएको कार्यकक्ष आफैँले प्रयोग गर्न निर्देशन दिएको छ।



    मन्त्रालयले परिपत्र जारी गर्दै प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। परिपत्रमा प्राधिकरण सञ्चालक समितिका अध्यक्षको प्रयोजनमा रहेको कार्यकक्ष आवश्यक नभएको उल्लेछ। त्यसैले उक्त कार्यकक्ष प्राधिकरण आफैँ प्रयोग गर्न मन्त्रालयले निर्देशन दिएको छ।

    यो सचिवस्तरको निर्णय रहेको मन्त्रालयले जनाएको छ।

    प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री रहने व्यवस्था छ। यसअघि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा अध्यक्षका लागि छुट्टै कार्यकक्ष खडा गरेका थिए।

    अहिलेको अन्तरिम सरकारको ऊर्जामन्त्रीमा कुलमान घिसिङ रहेका छन्। उनले नै अध्यक्षको कार्यकक्ष हटाउन लगाएका हुन्।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट