logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    988
    SHARES
    आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।



     

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराइका भू–भागका एक–दुई स्थानम भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भु–भागमा साधारणतया बदली रहि बाँकी भू–भागमा आँशीक बदली रहने छ । मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट