logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • कामना सेवा विकास बैंकले साधारण सभा बोलायो, १५.७८% लाभांश प्रस्ताव

    कामना सेवा विकास बैंकले साधारण सभा बोलायो, १५.७८% लाभांश प्रस्ताव

    1.2K
    SHARES
    कामना सेवा विकास बैंकले साधारण सभा बोलायो, १५.७८% लाभांश प्रस्ताव

    काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज २४ गते (शुक्रबार) बिहान ११ बजे लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा १९औँ वार्षिक साधारण सभा गर्ने भएको हो।



     

    सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य प्रस्ताव पनि रहनेछन्।

     

    यस प्रयोजनका लागि बैंकले असोज ८ गते बुकक्लोज गर्ने घोषणा गरेको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट