logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • कर तिर्ने समय एक महिना थप

    कर तिर्ने समय एक महिना थप

    1.5K
    SHARES
    कर तिर्ने समय एक महिना थप

    काठमाण्डौ । सरकारले कर तिर्ने समय एक महिना थप गर्ने निर्णय गरेको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार गत साउन महिनाको कर भदौ २५ गतेभित्र बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि यो अवधिमा उद्योगी–व्यवसायीले भोगेको कठिनाइलाई ध्यानमा राखी समय थपिएको हो।



    उनका अनुसार “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ र छिट्टै राजपत्रमा सूचना प्रकाशित हुनेछ।”

    मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर पछिल्लो राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनका कारण कर बुझाउन व्यवसायीले कठिनाइ भएको भन्दै निजी क्षेत्रले समय थपको माग गरेका थिए।

    मंगलबार निजी क्षेत्रसँगको भेटमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर तिर्ने समय एक महिना थप गर्ने र सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको पुनर्निर्माणका लागि विशेष कोष खडा गरिने आश्वासन दिएका थिए।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट