logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

    आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

    1.5K
    SHARES
    आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

    काठमाण्डौ । दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बिपि राजमार्गलाई चौबीसै घण्टा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार आजदेखि राजमार्ग खुला गरिने भएको हो ।



     

    यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो ।

     

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको माग र चाडपर्वको भीडलाई ध्यानमा राखी असोज १ गतेदेखि राजमार्ग चौबीसै घण्टा सञ्चालन हुने जानकारी दिए । सडक सुरक्षा सजगता अपनाउँदै स्वीकृत कार्ययोजना अनुसार नै यातायात सञ्चालन गरिने जारी सूचनामा उल्लेख छ ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट