logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • कालीमाटीमा आजको सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक

    कालीमाटीमा आजको सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक

    1.6K
    SHARES
    कालीमाटीमा आजको सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक

    काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि सागसब्जी र फलफूलको थोक मूल्य तोकेको छ।



     

    समितिका अनुसार तरकारीमा गोलभेँडा नेपाली प्रतिकिलो रु ६०, आलु रातो रु ५२, प्याज भारतीय रु ३७, बन्दा रु ५०, काउली रु ८०, भिन्डी रु ७०, ब्रोकाउली रु १४०, रातो बन्दा रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरिलो रु ४५०, पार्सले रु ११००, पुदिना रु ९०० कायम भएको छ।

     

    फलफूलतर्फ स्याउ फुजी प्रतिकिलो रु ३८०, केरा (दर्जन) रु १३५, कागती रु १५०, अनार रु ३५०, जुनार रु २५०, नास्पाती (चाइनिज) रु २२०, मेवा नेपाली रु ६०, किबी रु ४००, आभोकाडो रु ३०० निर्धारण गरिएको छ।

     

    मसला तथा अन्य वस्तुमा अदुवा प्रतिकिलो रु १२०, लसुन चाइनिज रु २२०, नेपाली लसुन रु १६०, हरियो धनियाँ रु १५०, खुर्सानी अकबरे रु २००, सुकेको खुर्सानी रु ४००, माछा सुकेको प्रतिकिलो रु १००० र सिताके च्याउ रु १००० तोकिएको छ।

     

    समितिले बजारमा माग र आपूर्तिअनुसार मूल्य दैनिक रूपमा समायोजन हुने जनाएको छ।


    अर्थ चौतारी
  • बुधबार, १ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट