काठमाण्डौ । हिजो भारी अंकले घटेर बन्द भएको बजार आज साताको अन्तिम दिन भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेटपछि खुलेकोे बजार हरियाली भएर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१३ वटा कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै शिवमे सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । एमबीएल इक्वटी फन्डका इकाईधनीले ४ दशमलव ८२ प्रशिततका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन व्यापार समूह १.४८ प्रतिशतले घट्दा लगानी समूहमा सर्वाधिक १.६१ प्रतिशतको बढोत्तरी देखिएको छ। आज २०० कम्पनीको शेयरभाउ बढ्दा ४१ वटाको घटेको छ। यो दिन १० वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। बजारमा आज सवा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
शिवम सिमेन्टः २७ करोड ३४ लाख रुपैयाँ
युनियन हाइड्रोपावरः २७ करोड १२ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः २० करोड ९३ लाख रुपैयाँ
नेपाल पुनर्बीमा कम्पनीः २० करोड ७ लाख रुपैयाँ
हिमालयन डिस्टिलरीः १६ करोड ७१ लाख रुपैयाँ
एभरेष्ट बैंकः १४ करोड ५ लाख रुपैयाँ
मुक्तिनाथ विकास बैंकः १२ करोड १२ लाख रुपैयाँ
सीईडीबी होल्डिङ्सः ११ करोड २३ लाख रुपैयाँ
ङादी ग्रुप पावरः १० करोड ९२ लाख रुपैयाँ
सिनर्जी पावरः १० करोड ७७ लाख रुपैयाँ
आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै विन्ध्यावासीनी हाइड्रोका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । एमबीएल इक्वटी फन्डका इकाईधनीले ४ दशमलव ८२ प्रशिततका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।