logo

२०८२ असोज २७, सोमबार

logo
  • २०८२ असोज २७, सोमबार
  • वाणिज्य विभागले भन्यो– तिहारमा खपत हुने झिलिमिली बत्तीमा एमआरपी सहितको लेबल लगाएर बिक्री गर्नु

    वाणिज्य विभागले भन्यो– तिहारमा खपत हुने झिलिमिली बत्तीमा एमआरपी सहितको लेबल लगाएर बिक्री गर्नु

    468
    SHARES
    वाणिज्य विभागले भन्यो– तिहारमा खपत हुने झिलिमिली बत्तीमा एमआरपी सहितको लेबल लगाएर बिक्री गर्नु

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालीहरूको महान् चाड तिहार/दीपावली र छठ पर्वलाई लक्षित गर्दै बजारमा हुने गतिविधिहरूलाई स्वच्छ र पारदर्शी बनाउन अनुगमनमा कडाइ गर्ने भएको छ। विभागले चाडपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य स्थिरता कायम राख्न प्रयासरत रहेको बताएको छ।



    विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘बजारमा माग र आपूर्तिबिच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्नका लागि व्यापारिक सङ्घ, सङ्गठन, व्यवसायी, उपभोक्तावादी सङ्घ र उपभोक्ताहरूको महत्त्वपूर्ण योगदान आवश्यक छ।’

     

     

    यस्तै नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहार र दीपावलीमा प्रयोग गरिने भाइ मसला, तामा, चाँदीका भाँडा तथा झिलिमिली उज्यालो बनाउन प्रयोग हुने विद्युतीय सामग्री लगायतका अन्य विभिन्न वस्तुहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र मूल्य सूची नराखिएको पाइएको विभागले जनाएको छ।

     

    विभागले सबै उत्पादक र विक्रेताहरूलाई चाडपर्वमा विशेष प्रयोगमा आउने विभिन्न सामान लगायत दैनिक उपभोग्य सबै खाले वस्तुमा एमआरपी सहितको लेबल र खुला (नापेर, जोखेर, गनेर) रूपमा बिक्री वितरण गरिने वस्तुको मूल्य सूची राखेर बिक्री वितरण गर्न अनुरोध गरेको छ।

     

    विभागले आदरणीय उपभोक्ता वर्गलाई समेत खरिद गर्ने वस्तुमा एमआरपी सहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु मात्र खरिद गर्न स्मरण गराएको छ। स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्दै उपभोक्ताको हक संरक्षण गर्न सबैको सहयोगको अपेक्षा गरिएको छ। उपभोक्ताहरूलाई कुनै गुनासो भएमा यस विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन समेत अनुरोध गरिएको छ।

    Capture


    अर्थ चाैतारी
  • २०८२ असोज २७, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट