logo

२०८२ असोज २७, सोमबार

logo
  • २०८२ असोज २७, सोमबार
  • १५८ सिटको जहाज रित्तै उड्नुपर्ने भएपछि निगमको कात्तिक २ को ग्वाङ्जाओ उडान स्थगित

    १५८ सिटको जहाज रित्तै उड्नुपर्ने भएपछि निगमको कात्तिक २ को ग्वाङ्जाओ उडान स्थगित

    156
    SHARES
    १५८ सिटको जहाज रित्तै उड्नुपर्ने भएपछि निगमको कात्तिक २ को ग्वाङ्जाओ उडान स्थगित

    काठमाण्डौ । नेपाल वायुसेवा निगमले चीनको ग्वाङ्जाओका लागि तय गरेको कात्तिक २ गते (१९ अक्टोवर)को लागि तय गरेको उडान स्थगित गरेको छ । निगमले १५८ सिटको न्यfरोवडी जहाजमार्फत गर्ने यो उडानमा जहाज रित्तै उड्नुपर्ने भएपछि रद्द गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता मनोज साहले जानकारी दिए ।



     

    दशैं तिहार लगायतका चाडपर्वका कारण यात्रु नभएपछि उडान स्थागित गर्ने निर्णय भएको उनको भनाइ छ । हाललाई एउटा मात्रै चीन जाने उडान निगमले स्थगन गरेको हो । त्यस अगाडि १६ तारेख (३० असोजमा) हुने र २३ तारेख (६ कात्तिकमा) हुने उडान भने नरोकिने उनले बताए ।

     

    १९ तारिखका लागि यात्रु नै भएनन् भनेर मार्केटिङ विभागबाट जानकारी आएको र विनायात्रु जहाज उडाउन नसकिने भएकोले पनि स्थगित गर्नुपरेको उनले बताए । निगमको उक्त उडानसँगै भोलिपल्ट कात्तिक ३ गते ग्वाङ्जाओबाट फर्कने यात्रु पनि निकै कम भएकोले उडान स्थगित गर्नुपरेको साहले बताए ।

    निगमको उक्त उडानमा १३ तारिख अर्थात एक साता अगाडिसम्ममा एक जना मात्रै यात्रु जाने र ८ जनाले फर्कने टिकट काटेकोले पनि उडान स्थगित गर्नुपरेको छ । निगमले यही असोज ९ गतेबाट चीनको ग्वाङ्जाओमा उडान सुरु गर्ने गरी तालिका बनाएको भए पनि अन्तिम समयमा उडान स्थगित भएका कारण ११ गते (२७ सेप्टेम्बर)बाट मात्रै उडान सुरु गरेको हो ।

     

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्न थालेको भए पनि अपेक्षा अनुसार यात्रु नभएको पाइएको छ । काठमाण्डौ–ग्वाङ्जाओ–काठमाण्डौ उडान सातामा तीन वटा गर्ने गरी तालिका बनाएको वायुसेवाले पहिलो चरणमा जम्मा ५ वटा उडानको तालिका स्वीकृत गरेको जानकारी दिएको छ । सो अनुसार असोज ११ र १२ उडान भएको छ भने असोज ३० गते पनि हुने छ । कात्तिक २ को मात्रै स्थगित गरेर कात्तिक ६ गतेको पनि उडान हुने निगमले जानकारी दिएको छ ।


    अर्थ चाैतारी
  • २०८२ असोज २७, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट