काठमाण्डौ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले योजना आयोग, पर्यटन मन्त्रालय र सुरक्षा परिषद्सँग छलफल गरेकी छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले छलफल गरेकी हुन् । योजना आयोगसँग मध्यान्ह साढे १२ बजे, पर्यटन मन्त्रालयसँग १ बजे र २ बजे सुरक्षा परिषद्सँग छलफल गरेकी हुन् ।
योजना आयोगसँगको छलफलमा राष्ट्रिय आयोजनाहरूको अवस्थाका बारेमा जानकारी लिएकी थिइन् ।