काठमाण्डौ । तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई” नामक तिहारगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित गायिका समान्ता थापा ,निरज तिमल्सीना र मनिष पौडेलले स्वर दिएका छन्।
वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ भने मोहित मुनालले संगित दिएका हुन् ।
गीतकार तथा गायक पौडेलले भने, “बिगत दश–पन्ध्र वर्ष अगाडि सम्म पनि तिहारको रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।” गितमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु कागपुजा , कुकुर पुजा , लक्ष्मि पुजा , गाई गोरु पुजा र भाई पुजालाई पनि समेटिएको छ ।
गीतमा नेपालीहरुले तिहारमनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दशैं गीत पनि सार्बजनिक भएको थियो ।