काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै यही असोज ३० गतेबाट निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम दिने जनाएको छ ।
तालिममा सहथागी हुनको लागि योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुले असोज २९ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ । तालिममा सहभागि हुनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।
शैक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति, स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गरेको हुनुपर्नेछ । उक्त तालिम असोज ३० गतेबाट कार्तिक १ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम एनएलजी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमामा हुनेछ । तालिम विहान १० बजेदेखि संचालन हुनेछ । ईच्छुकले कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।