logo

२०८२ कात्तिक ८, शनिबार

logo
  • २०८२ कात्तिक ८, शनिबार
  • १५ नयाँ दलले निर्वाचन आयोगमा दिए दर्ताका लागि निवेदन

    १५ नयाँ दलले निर्वाचन आयोगमा दिए दर्ताका लागि निवेदन

    507
    SHARES
    १५ नयाँ दलले निर्वाचन आयोगमा दिए दर्ताका लागि निवेदन

    काठमाण्डौ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटा दल दर्ताको निवेदन आएको र ती दलको कागजात विचाराधीन रहेको आयोगले जनाएको छ।

     

    जेनजी आन्दोलनपछि युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ। निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीदेखि जेनजी आन्दोलनका अगुवाहरू समेतले दल दर्ताको निवेदन दिएका छन्। प्रक्रिया पुग्नेहरुको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

     

    आयोगमा यसअघि एक सय २२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई एक सय २४ दल पुगेका छन्। दलहरूसँग छलफल सहित निर्वाचनको तयारी तीव्र बनाएको आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा साढे ७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान सहितको बजेट तयार पारेको छ। बजेटको अन्तिम टुंगो हुन भने बाँकी छ।

     

    आयोगले निर्वाचन व्यवस्थापनका लागि नयाँ खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च अनुमान गरेर बजेट तयार पारेको हो। गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन र निर्वाचन घोषणा भएको थियो।

     

    नेकपा (माओवादी केन्द्र) ले निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने नेकपा ९एमाले० ले प्रतिनिधिसभा पुनःस्थापनामा प्राथमिकता दिएको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अर्को साता पुनः बस्दैछ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ८, शनिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट