logo

२०८२ कात्तिक ८, शनिबार

logo
  • २०८२ कात्तिक ८, शनिबार
  • हायात होटलको सेवा बन्द भएपछि प्रधानमन्त्रीको चासो, सुरक्षा सुनिश्चित गर्ने सरकारको आश्वासन

    हायात होटलको सेवा बन्द भएपछि प्रधानमन्त्रीको चासो, सुरक्षा सुनिश्चित गर्ने सरकारको आश्वासन

    39
    SHARES
    हायात होटलको सेवा बन्द भएपछि प्रधानमन्त्रीको चासो, सुरक्षा सुनिश्चित गर्ने सरकारको आश्वासन

    काठमाण्डौ । राजधानीको हायात रिजेन्सी होटलले सेवा बन्द गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्।

     

    प्रधानमन्त्रीको निर्देशनमा अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनसँग सम्पर्क गरी सेवा पुनः सुचारु गर्न आग्रह गरेका छन्। उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिने सरकारको प्रतिबद्धता जनाएका छन्।

     

    गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा तोडफोड र अराजक गतिविधि भएपछि होटलले सेवा बन्द गरेको हो।

    होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ चौधरीले जारी गरेको सूचनामा सुरक्षा संवेदनशीलता र मर्मतका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ।

     

    सरकार र होटल व्यवस्थापनबीच आइतबार थप छलफल हुने बताइएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ८, शनिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट