logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • कुमारी बैंकले NRIC लाई मार्जिन लोन सूचीबाट हटायो, शेयर धितो राखेर ऋण नदिने

    कुमारी बैंकले NRIC लाई मार्जिन लोन सूचीबाट हटायो, शेयर धितो राखेर ऋण नदिने

    234
    SHARES
    कुमारी बैंकले NRIC लाई मार्जिन लोन सूचीबाट हटायो, शेयर धितो राखेर ऋण नदिने

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (NRIC) को शेयरलाई मार्जिन लोनका लागि योग्य सूचीबाट हटाउने निर्णय गरेको छ। बैंकको एसेट–लायबिलिटी कमिटी (ALCO) बैठकले सो निर्णय गरेको हो ।

     

    निर्णय अनुसार अबदेखि नेपाल रिइन्स्योरेन्स कम्पनीका शेयर धितो राखेर नयाँ मार्जिन लोन प्रवाह नहुने बैंकले उल्लेख गरेको छ। बैंकले असोज २६ गते आइतबार सम्पूर्ण ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजरलाई यो निर्णयबारे इमेल मार्फत जानकारी गराएको छ । बैंकको प्रदेश प्रमुख, ट्रेजरी डिपार्टमेन्टमेन्ट प्रमुख तथा रिस्क एण्ड कम्प्लायन्स् अफिसरलाई बैंकले यसबारे जानकारी गराएको छ । जसमा रेकर्डहरुलाई अध्यावधिक गर्न र निर्णय कार्यान्वयन गर्न भनिएको छ।

     

    नेपाल स्टक एक्सचेन्ज नेप्सेले नै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको नाम मार्जिन कारोबारको लागि योग्य कम्पनीको रुपमा सार्वजनिक गर्ने गरेको छ। यो ब्रोकरले दिने मार्जिन लोनको हकमा लागु हुन्छ।

     

    बैंकहरुले भने विभिन्न मापदण्डको आधारमा मार्जिन लोनको लागि आफ्नै सूची तयार पार्ने गरेका छन्। जुन सूचीलाई बजारको अवस्था, कम्पनीको अवस्था लगायतलाई विश्लेषण गरि बैंकहरुले समय समयमा परिमार्जन गर्ने गर्दछन्। जेनजी आन्दोलनपछि नेपाल पुनर्बीमा कम्पनीमा ठूलो दाबी भुक्तानी पर्ने र त्यसले कम्पनीको वित्तीय अवस्थामा असर गर्न सक्ने भएकोले बैंकले सो कम्पनीलाई मार्जिन लोनको सूचीबाट हटाएको बताईएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट