काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। उनले चार जना नयाँ मन्त्री थप्ने निर्णय गरेकी हुन्।
सरकारका स्रोतका अनुसार मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई नियुक्त गर्न लागिएको हो।
तीमध्ये—
सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री,
गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री,
बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री, र
खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री बनाइनेछ।
बालुवाटार स्रोतका अनुसार सिफारिस भएका चारै मन्त्रीको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ।