काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल पुनः नियुक्त भएका छन्।
बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि सम्पन्न बैंकको २१औं वार्षिक साधारण सभाबाट पौडेलसहित बलराम पराजुली र निशा कुम्पाख सञ्चालकमा निर्विरोध निर्वाचित भएका थिए।
साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।