काठमाण्डौ । पछिल्लो तीन महिनामा नेपालमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागका अनुसार ३ महिनामा करिब ६७ अर्ब रूपैयाँको तेल र ग्यास आयात भएको हो ।
भन्सार विभागका अनुसार असोजसम्म १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । कुल ६७ अर्बको पेट्रोलियम आयात हुँदा जनावर तथा वनस्पति तेल आयात दोस्रो धेरै छ । कुल ४० अर्ब रूपैयाँभन्दा बढीको आयात हुँदा ३४ अर्ब रूपैयाँबराबरको विद्युतीय सामाग्री र तिनका पार्टस् आयात भएका छन् । यसैगरी फलाम तथा स्टिलजन्य पदार्थ करिब ३४ अर्ब रूपैयाँबराबरको आयात भएको छ ।
यस अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।