logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • ११ देशका राजदूत फिर्ता प्रकरण: सर्वोच्चले माग्यो सरकारसँग कारण

    ११ देशका राजदूत फिर्ता प्रकरण: सर्वोच्चले माग्यो सरकारसँग कारण

    104
    SHARES
    ११ देशका राजदूत फिर्ता प्रकरण: सर्वोच्चले माग्यो सरकारसँग कारण

    काठमाण्डौ । सर्वोच्च अदालतले सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना नेपाली राजदूतहरूलाई फिर्ता गर्ने निर्णयको कारण स्पष्ट गर्न आदेश जारी गरेको छ ।

     

    राजदूतहरू फिर्ता गर्ने निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको हो ।

     

     

    केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ती राजदूतहरूलाई हालको सरकारले २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो । सो निर्णयविरुद्ध रिट दर्ता भएपछि सर्वोच्चले उक्त कदमबारे स्पष्टीकरण मागेको हो ।

     

     

    सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (युके), संयुक्त राज्य अमेरिका (यूएसए) र जापानमा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाइएको छ ।

    file poto


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट