logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, केही ठाउँमा भारी हिमपात र वर्षा हुने

    यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, केही ठाउँमा भारी हिमपात र वर्षा हुने

    208
    SHARES
    यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, केही ठाउँमा भारी हिमपात र वर्षा हुने

    काठमाण्डौ । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भइरहेको छ ।

     

    मोन्था चक्रवातको प्रभाव देखिन सक्ने

    बंगालको खाडीमा बनेको चक्रवाती आँधी (मोन्था)को प्रभाव नेपालमा पनि देखिन सक्ने मौसमविद्हरूले बताएका छन् । बीबीसी हिन्दीका अनुसार पछिल्लो ६ घण्टामा मोन्था चक्रवाती आँधीमा बदलिएको छ । भारतीय मौसम विभागले मोन्थाले भीषण रूप लिन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ । भुवनेश्वर मौसम विज्ञान विभागका अनुसार यतिबेला मोन्था पश्चिम-मध्य बंगालको खाडीभन्दा केही माथि सक्रिय रहेको छ । विभागकी निर्देशक मनोरमा मोहन्तीले भनेकी छिन्, यो आँधी उत्तर पश्चिमतर्फ अगाडि बढ्नेछ । आन्ध्र प्रदेशको तटीय क्षेत्र मछलीपट्टनम र कंलिगपट्टनमको बीचतिर आज साँझ वा राति ९० देखि १०० किमि प्रतिघण्टाको गतिले ठोक्किने सम्भावना रहेको छ ।

    यता नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यसबारे मोनिटरिङ गरिरहेको जनाएको छ । नेपालमा यसको असर कस्तो पर्छ भन्ने अध्ययन भइरहेको र यसबारे बुलेटिन जारी गरेर जानकारी दिइने विभागले जनाएको छ ।

    यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

    २०८२ कात्तिक ११ गते (मंगलबार)

    दिउँसो स् देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातरवर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात वर्षाको पनि सम्भावना रहेको छ ।

    राति स् कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।

    २०८२ कात्तिक १२ गते (बुधबार)

    दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    रातीः देशभर आंशिक बदली बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    २०८२ कात्तिक १३ गते (बिहीबार)

    दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

    राति स् कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानरू तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट