logo

२०८२ कात्तिक ११, मंगलबार

logo
  • २०८२ कात्तिक ११, मंगलबार
  • शेयर बजारमा ६२ अंकको उछाल, कारोबार साढे ४ अर्ब नाघ्यो

    शेयर बजारमा ६२ अंकको उछाल, कारोबार साढे ४ अर्ब नाघ्यो

    429
    SHARES
    शेयर बजारमा ६२ अंकको उछाल, कारोबार साढे ४ अर्ब नाघ्यो

    काठमाण्डौ । आज नेपाल शेयर बजार (नेप्से) परिसूचक ६२.२९ अंकले बढ्दै २,५७१ अंकमा पुगेर बन्द भएको छ। बजारमा कुल ३१४ कम्पनीका ९२ लाख ४३ हजारभन्दा बढी कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको हो।

     

    आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ। कारोबार रकमका हिसाबले हिमालयन पावर पार्टनर अग्रस्थानमा रह्यो, जसको २४ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। त्यसपछि यूनियन हाइड्रोपावर र राधि विद्युत कम्पनी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

     

     

    मूल्य वृद्धिका दृष्टिले न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै लाभ कमाए, जसको शेयर मूल्य १० प्रतिशतले बढ्यो। बुटवल पावर कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकका शेयरहरू पनि करिब १० प्रतिशतले बढेका छन्।

    त्यस्तै, हिमालयन पावर पार्टनरका शेयरधनीहरूले भने आज ६.३६ प्रतिशत घाटा व्यहोर्नु परेको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ११, मंगलबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट